एजेन्सी । व्यवसायी राज कुन्द्रा पोर्नोग्राफी केसमा पक्राउ परेको महिना बित्न लागेको छ । जुलाईमा उनलाई मुम्बई क्राइम ब्राञ्चले पोर्न बनाएर बेचेको आरोपमा पक्राउ गरेको थियो । उनी अहिले पनि प्रहरी हिरासतमा छन् ।
यस केसमा अभिनेत्री गहना वशिष्ठको पनि नाम जोडिएको थियो । सामाजिक सञ्जालमा उनको फोटोसुट र भिडियो भाइरल हुन्छ । हालसालै गहनाले आफैँले न्यूड फोटोसुट गराइन्, साथमा उनले लामो क्याप्सन पनि लेखेकी छिन् ।
फ्यानहरुलाई उनले न आफूले पिएको न त आफ्नो शोषण नै भएको बताएकी छिन् । फोटोसुटको पेमेन्ट पनि उनले समयमै पाएको बताएकी छिन् । गहनाका अनुसार हायात रेजेन्सीमा सुटिङको समय करिब १० जना थिए । आफ्नो यौन शोषण नभएको पनि उनले स्पष्ट पारिन् ।
उनले लेखेकी छिन्, ‘मैले सेटमा कुनै किसिमको जुस पिइनँ । म पुरै होशमा थिएँ । म अटोमार्फत् सेटमा पुगेको थिएँ । घर पनि म अटोमै फर्किएकी हुँ, जुन सुरक्षित थियो । मैले मेरो पेमेन्ट पनि पाएँ । यो भन्दा महत्वपूर्ण कुरा, म १८ वर्षभन्दा बढी उमेरकी कलाकार हुँ । त्यसैले म सबैलाई अनुरोध गर्छु कि डेढ वर्षपछि मेरा कुनैपनि निर्मातालाई धारा ३७०, ३७६ र ३५४ नलगाइयोस् ।’
पोर्नोग्राफी केसमा नाम जोडिए पश्चात गहनाले कयौँ पटक सफाइ दिइसकेकी छिन् । राज कुन्द्राको पक्ष लिँदै उनले कामुक र अश्लील सामग्री नबनाएको पनि गहनाले स्पष्ट पारिन् ।
यस घटनामा गहनासँग पनि सोधपुछ गरिएको थियो । हालसालै उनले फाटेको कपडा देखाउँदै ‘प्रहरीको कर्तुत’ भनेकी थिइन् । उनी प्रहरी र अदालत धाउँदा धाउँदै वाक्क भइसकेकी छिन् । उनले केही दिनअघि लेखेकी थिइन्, ‘मेरो जिन्दगी बर्बाद भयो । मलाई थाहा छैन कि म किन बाँचिरहेकी छु । धिक्कार छ मेरो जीवन । मैले त मरे पनि हुन्छ ।’




