नयाँ दिल्ली । टिभी अभिनेत्री सुरभी चन्द ३२ वर्ष पुगिन् । उनी भारतीय टेलिश्रृंखला इश्कबाज र नागिनबाट चर्चामा आइन् । उनी निकै बोल्ड र ग्लामरस छिन् । विकिनीदेखि लिएर साडीसम्म हरेक स्टाइलमा उनी खुल्छिन् । उनको कयौँ लुक्सहरु सामाजिक सञ्जालमा निकै रुचाइन्छ ।
उनको जन्म ११ सेप्टेम्बर १९८९ मा मुम्बईमा भएको थियो । उनले २००९ मा आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् । उनको पहिलो शो ‘तारक मेहताका उल्टा चश्मा’ थियो । त्यसपछि उनले चार वर्ष ब्रेक लिइन् र टेलिश्रृंखला ‘एक ननद कि खुशियो कि चाबी मेरी भावी’ बाट पुनः अभिनय क्षेत्रमा फर्किइन् । ‘कुबुल हे’ मा पनि उनको अभिनयलाई रुचाइएको थियो । नागिन सिजन ५ बाट भने उनको करियर र चर्चा दुवै चुलियो ।
तस्वीरहरू :









