काठमाडाैं । पछिल्लाे समय काेराेना संक्रमणदर घट्दाे छ । आज (साेमबार) १,२८२ जनामा संक्रमण पुष्टि भयाे । १,२६२ जना संक्रमित निको भए । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ।
देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर एक लाख १२ हजार ८७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खाेप लगाउनेकाे संख्यामा वृद्धि भएसँगै कोरोना संक्रमणको जोखिम पनि घटिरहेको चिकित्सकहरुले बताउँदै आएका छन् ।
कोरोनाविरुद्धको खोप लगाएकालाई संक्रमण भइहाले पनि असर कम गर्ने चिकित्सकले बताएपछि नागरिकहरु दिनभर लाइन बसेर पालो कुरेरै भए पनि खोप लगाइरहेका छन् । खाेप लगाएपछि के गर्ने के नगर्ने त ?
खाेप लगाएपछि रक्सी चुराेट पिउनु हुँदैन । यस सम्बन्धित वैज्ञानिक अनुसन्धानहरु भएका त छैनन्, तर रक्सी रचुरोट प्रयोग गर्दा इम्युनिटी (रोग प्रतिरोध) प्रणालीमा नकारात्मक असर पार्ने र त्यसको कारणले खोपबाट प्राप्त हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
खोप लगाएपछि स्वास्थ मापदण्डमा बेवास्ता गर्नु हुँदैन । खोप लगाएपछि पनि संक्रमित हुनसक्दछ र कोरोना भाइरस खोप लगाउन नपाएका वा खोप पर्खिरहेकासम्म खोप लगाएकाहरु नै मध्यम बनेर संक्रमण फैलन सक्नेछ ।
यस्तै निरन्तर स्वास्थ समस्या देखिए बेवास्ता गर्न नहुने चिकित्सकहरू बताउँछन् । खोप लगाएपछि सामान्य स्वास्थ समस्याहरु देखिन्छ जुन केहि दिनमा कम भएर जानेछ तर यदि त्यस्तो समस्याहरु निरन्तर देखिए वा जटिल हुँदै गरे तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नु पर्दछ ।
खोप लगाएको २/३ दिन सम्म कडा शारीरिक क्रियाकलाप/काम गर्नु हुँदैन । किनभने शरीरमा स्वास्थ समस्याहरु देखिएको भए कम हुन केहि दिन लाग्न सक्दछ। अति आवश्यक खोपहरु पनि छुटाउनु हुँदैन ।कहिले काहि कोभिड-१९ खोप सँगसँगै जीवन रक्षाको लागि अरु आवश्यक र नियमित खोपहरु पनि लगाउनु पर्ने अवस्था आउन सक्दछ । त्यस्तो बेला खोपहरु छुटाउनु हुँदैन ।




