एजेन्सी । विवाहपछि निक जोनस र प्रियंका चोपडा आफ्नो जीवनमा निकै खुसी छन् र आफ्ना प्रत्येक समय रमाइलो गरी बिताइरहेका छन् । प्रियंका विवाह पछि निकको लक एन्जिल्समा अवस्थित घरमा बस्छिन् । त्यहाँ उनको घर निकै नै सुन्दर छ ।

निक जोनस र प्रियंकाको लस एन्जिल्सस्थित यो घर निकले प्रियंकालाई उपहारस्वरुप दिएका हुन् । यी दुईको यो घर कुनै विलासी महलभन्दा कम छैन । स्रोतका अनुसार उनीहरुको यो घर २० हजार वर्ग फुटमा बनेको छ जसमा ७ कोठा, ११ बाथरुम, मुभी थिएटर, बार, इन्डोर बास्केटबल कोर्ट, स्विमिङ पूल छन् ।

यो घर बाहिरबाट हेर्दा जति सुन्दर हो, भित्रबाट झनै राम्रो छ । निक र प्रियंकाको यो घरको डिजाइन नै युनिक छ । स्रोतका अनुसार निक जोनस र प्रियंका चोपडाको यो घरको मूल्य १५० करोड भारु हो ।




