काठमाडाैं । गायिका प्रविशा अधिकारीले बिवाह गर्ने भएकी छिन् । अमेरिकामा रहेका प्रेमी निर्माण सिटाैलासँग मंसिरमा बिहे गर्न लागेकि हुन् । निर्माणसँग उनकाे भेट भने भएकाे छैन ।
निर्माणकाे परिवारले बिवाहकाे प्रस्ताव राखेपछि उनीहरूबीच तीन महिना अघिदेखि कुराकानी सुरू भएकाे हाे । निर्माणकाे आनीबानी मन परेपछि उनी बिवाहका लागि राजी भएकी हुन् । प्रविशालाई निर्माण असल लाग्छ । उनीहरू दुवैकाे घर झापा हाे ।
प्रविशाले नेपाली चलचित्रका दर्जनौँ गीतमा स्वर दिएकी छिन् । केही समय अगाडि उनले ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा ‘फूल होइन’ बोलको गीत गाएपछि उनको चर्चा झनै चुलिएको थियो । डेढ दशकदेखि नेपाली फिल्मको पाश्र्व गीत गायनमा सक्रिय गायिका प्रविशा अधिकारीले पछिल्लो समय अन्य विधाका गीतमार्फत समेत लगातार लोकप्रियता कमाइरहेकी छन्।
प्रविशा हिमालय टीभीबाट प्रशारण हुने तयारीमा रहेको रियालिटी शो ‘भ्वाइस किड्स’को कोच समेत हुन् । ‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल र मिलन नेवार पनि रहने छन् । गायक राजु र प्रमोद ‘द भ्वाइस अफ नेपाल’ मा समेत निर्णायकका रुपमा देखिसकेका छन् । कार्यक्रममा ६ देखि १४ बर्षका बालबालिकाहरुले भाग लिन पाउनेछन् ।




