एजेन्सी । बी ग्रेड चलचित्रकी अभिनेत्री गहना वशिष्ठ केही महिनायता चर्चामा छिन् । पाेर्न केसमा अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रासँगै उनी पनि लाइमलाइटमा रहिन् । उनले लगातार राज कुन्द्राकाे समर्थनमा धेरै अन्तर्वार्ता दिइन् । अहिले उनी बिग बाेस सम्बन्धी अभिव्यक्तिका कारण पुन: चर्चामा छिन् ।
गहनाका अनुसार उनलाई बिग बाेसकाे अफर आएको छ । यद्यपी उनले अस्वीकार गरिन् । गहनाले भनेकि छिन्, ‘अफर आएको छ, तर म जान चाहन्नँ । यद्यपी जाे मान्छेबाट मलाई प्रस्ताव आयाे, उनीहरू वास्तवमै बिग बाेसकाे टीम हुन् या हाेइनन् त्याे पनि थाहा छै । किनकि म याे वर्ष बिग बाेसकाे कार्यालय गइनँ ।’
उनले थप भनेकि छिन्, ‘म १३३ दिनसम्म जेलमा बसेँ, जुन बिग बाेस हाउसभन्दा कम छैन । त्यहाँ पनि फाेन हुँदैन र स्थिति दयनीय हुन्छ । मैले आफ्नाे जिन्दगीमा निकै खराब अवस्था भाेगेँ । यसैले बिग बाेसमा म अझै केही वर्ष जान चाहन्नँ ।’
गहनाका अनुसार उनलाई अघिल्लाे वर्ष पनि बिग बाेसकाे अफर आएको थियाे तर पेमेन्टमा आएर कुरा अड्कियाे ।




