एजेन्सी । केरामा धेरै पाेटासियम, फालेट र कार्बाेहाइड्रेट हुन्छ । यही कारण याे फललाई सबैभन्दा स्वस्थ मानिन्छ । पाेषक तत्वले भरपुरका बाबजुद पनि कुनै केरा भने स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
केरा पाक्ने एक प्रक्रिया हुन्छ, यसबाट पत्ता लगाउन सकिन्छ कि कस्ताे केरा स्वास्थ्यकाे लागि राम्राे छ र कस्ताे केराले स्वास्थ्यमा असर पुर्याउँछ । स्वास्थ्य विज्ञका अनुसार धेरै पाकेकाे केरा स्वास्थ्यकाे लागि हानिकारक हुन सक्छ ! बाेक्रामा हुने दाग, धब्बाबाट पनि चिन्न सकिन्छ । ज्यादा पाक्दा यसकाे हेल्दी स्टार्च कम हुन थाल्छ र याे सुगरमा परिवर्तन हुन्छ । ज्यादा पाकेकाे खैराे रंगकाे केरामा सुगरकाे मात्रा १७.४ हुन्छ, जबकि पहेँलाे केरामा यसकाे मात्रा १४.४ हुन्छ ।
आवश्यकता भन्दा धेरै पाकेकाे केरामा फाइबरकाे मात्रा पनि कम हुन्छ । यसमा केवल १.९ ग्राम फाइबर हुन्छ, जबकि पहेँलाे केरामा यसकाे मात्रा ३.१ ग्राम हुन्छ । ब्लड ग्लुकाेजकाे स्तर बढाउनका लागि भने पाकेकाे केरा खान सकिन्छ ।
पहेँलाे केरा ज्यादा पाकेकाे केराकाे तुलनामा सुरक्षित मानिन्छ । यसमा पाेषक तत्व धेरै हुन्छ । हरियाे केरा स्वास्थ्यका हिसाबले सबैभन्दा राम्राे मानिन्छ । विशेषगरी ताैल घटाउन हरियाे केरा राम्राे मानिन्छ । यद्यपी हरियाे केरा धेरै कडा हुने भएका कारण खान सहज छैन । तर तपाईँले यसलाई अर्काे तरिकाबाट खानामा सामेल गराउन सक्नुहुन्छ ।




