एजेन्सी । द कपिल शर्मा शो मा शनिबार करिश्मा कपूर र उनको पीता रणधीर कपूर सहभागी हुँदैछन् । कार्यक्रमको प्रोमो सार्वजनिक भइसकेको छ । नयाँ प्रोमोमा किकु शारदाले करिश्मालाई सेटमा विशेष उपहार दिएको देख्न सकिन्छ ।
कीकुले शो मा सनी देओलको लुकमा मिमिक लुक्स फनि देओलको रोल पनि निभाउँदै आएका छन् । उनले सेटमा करिश्मालाई अलार्म क्लक दिए । उनले जीत चलचित्रबाट करिश्माको नाम लिँदै भने, ‘काजल म तिम्रो लागि गिफ्ट लिएर आएको छु ।’ कीकु करिश्मालाई अलार्म क्लक गिफ्ट दिन्छन् । अलार्म क्लक देखेर करिश्मा र कपिल कन्फ्युज हुन्छन् ।
जब कपिलले अलार्म क्लक किन ल्याएको भन्दै कीकुसँग सोध्छन् तब कीकुले हाँस्यास्पद जवाफ दिन्छन् । उनी करिश्माको हिट गीत ‘सोना कित्ना सोना हे’ गीतको सन्दर्भ निकाल्दै भने, ‘उनी सधैँ सोना कित्ना सोना हे भनिरहन्छिन् । अलार्म लगाउनुस् न, अनि तपाईँलाई थाहा हुन्छ कति सुत्ने कति उठ्ने !’ त्यसपछि रणधीर करिश्मा हाँस्न थाल्छन् ।




