एजेन्सी । साउथ इन्डियन सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनेनी अलग भएका छन् । सम्बन्धमा दरार आएको चर्चाका बिच दुवैले आ–आफ्नो सामाजिक सञ्जालमार्फत् अलग्गिएकाे जानकारी गराएका हुन् ।
सामन्थाले लेखेकि छिन्, ‘हामी दुवैले निकै सोचेर श्रीमान्–श्रीमतीको सम्बन्धबाट अलग्गिने निर्णय गरेका हौँ । हामी पहिले पनि साथी थियौँ, र यो साथीको सम्बन्ध सधैँ कायम रहनेछ भन्ने विश्वास छ । हामी सबै शुभचिन्तक तथा साथीभाइसँग यो अवस्थामा सपोर्ट गर्न अनुरोध गर्दछु ।’
नागा र सामन्थाले सन् २०१७ मा गोवामा बिहे गरेका थिए । उनीहरुको बिहेमा १० करोड खर्च भएको थियो ।
उनीहरूकाे जाेडी चलचित्रमा निकै रूचाइएकाे थियाे । उनीहरू अहिले छुट्टाछुट्टै बस्न थालेका छन् । एकअर्कासँग कुरा समेत गर्दैनन् । हिन्दु र क्रिश्चियन रिति अनुसार उनीहरूले बिवाह गरेका थिए, जुन ४ वर्ष मात्रै टिक्याे ।
उनीहरुको बिहेमा १० करोड खर्च भएको थियो ।




