काठमाडाैं । सुनसरीको धरानमा अविरल वर्षाका कारण गएका पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।
मंगलबार दिउँसो पौने २ बजे पहिरो खस्दा टिनको घर पुरिएको थियो । पहिरोमा दुई जना बालबालिका बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुवै जना बालबालिकालाई मृत अवस्थामा फेला पारेको हाे ।
यस्तै डोटीमा तीन दिनदेखिको लगातारको वर्सातका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा छन् ।
जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्सातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो । च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ ।




