चिसोयाममा स्वभाविक रुपमा छालाको चमक केहि घटेको हुन्छ । कतिपयको छालामा सुख्खापनको समस्या देखिनुका साथै निलो तथा पुराना दागहरु झनै गाढा रङमा देखिन्छ । अनुहारको हेरचाहको लागि समय निकाल्न सकिएन भने सुन्दर हुने हाम्राे चाहना निरासामा परिणत हुन्छ ।हाम्रो आत्मविश्वास पनि हराउन थाल्छ । व्यस्त समयमा कसरी ल्याउन सकिन्छ चालामा चमक ? आउनुस् जानौँ :
– दहीमा लैक्टिक एसिडको मात्रा भएकाले कालो दाग भएको स्थानमा लगाउनाले दागलाई हटाउन मद्दत गर्छ । सुर्यको किरण तथा घामका कारण छालामा देखिने दाग दहीको नियमित प्रयोगले हटाउन सकिन्छ ।
– बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ । यसको पेस्ट लगाएपछि चर्को घाममा नबस्नुहोस् ।
– दुई चम्चा जौ को पिठोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा नियमित लगाउने गर्नुहोस् । कालो दाग रहेको स्थानमा चन्दनको पाउडरमा गुलाब जल र कागतीकाे रस मिसाएर पेस्ट बनाएर लगाउने गर्नाले पनि निकै फाइदा हुन्छ ।
– काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्दा पनि धेरै फाईदा हुन्छ ।
– चन्दन परापूर्व कालदेखि औषधीको रुपमा प्रयोग हुँदै आएको हामीले शास्त्रमा समेत पढेका छौँ । यसले छालालाई एन्टीसेप्टिक औषधिय गुण प्रदान गर्छ ।
– घ्यूकुमारी रएलोभेरामा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ। तर यो लगाएर चर्को घाममा नबस्नुहोस् ।
– बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन्।
– हरेकको घरमा पाईने तरकारीमध्ये एक हो, आलु । आलुले छालालाई निकै फाईदा गर्छ । यसलाई स्लाइस पारी काट्ने। यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ। अथवा आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ।
अनुहारमा फरक किसिमका दागधब्बा आएमा वा दोहोरीएर देखिएकाे अवस्थामा चिकित्सकसँग सल्लाह लिनुपर्छ । नियमित पर्याप्त पानी पिउने, सकारात्मक सोँच राख्ने, उर्जाशिल बन्ने, अरुलाई सेवा गर्ने, परोपकारी भाव, दान धर्म गर्नाले पनि जस्ता आनीबानीले पनि अनुहारमा खुशी र चमक दिन्छ ।




