सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा वीरेन्द्रनगरमा बम विस्पोट हुँदा दुई जना घाइते भएका छन् । कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट हुँदा घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र १४ वर्षका नरेश परियार रहेका छन् । उनीहरू दिदी-भाइ हुन् ।
बम कसले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भइरहेकाे छ ।
घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।




