काठमाडौं । नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहान एकाएक भ्वाङ परेको छ । सडक भ्वाङ पर्दा केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो ।
सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो परेकाे प्रत्यक्षदर्शीले जनाएका छन् ।

अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएको छ ।





