काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) काे अनलाइन आवेदन बन्द भएकाे छ ।
प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ। ‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।
विभागका अनुसार अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको छ । कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत सोमबारदेखि सुरू भएको सेवा पुनः बन्द भएको हो ।




