काठमाडाैं । भाेलिबाट तिहार सुरू हुँदैछ । भाेलि दिपावलीकाे पहिलाे दिन भाेलि काग तिहार र कुकुर तिहार रहेकाे छ । १८ गते औँशीको दिन भैलाे र १९ गते गोवर्द्धन पूजाको दिन देउसी खेलिन्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलयले मंगलबार सूचना जारी गर्दै स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा भने देउसी–भैलो खेल्न दिने जनाएकाे छ ।
तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।





