काठमाडौं । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक २८ वर्षीय व्यक्तिको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट राप्ती-१ घलानचोक बस्ने २८ वर्षका सागर लामाको हात्तीको आक्रमणबाट मृत्यु भएको हाे ।
शनिबार राति राप्ती नदीको ड्यामसाइड घुम्न गएका व्यक्तिहरु माथि हात्तीले आक्रमण गरेको थियो । सोही ठाउँका ३५ वर्षीय कृष्ण लामा र २३ वर्षीय शक्ति गुरुङ पनि ड्याम साइड घुम्न गएका थिए । हात्तीको आक्रमणबाट कृष्ण लामा पनि घाइते भएका छन् ।
हात्ती लखेटेपछि भागेका सागरको बिहान मकवानपुरको मनहरी-खयरघारीमा शव भेटिएको हो ।




