काठमाडौं । विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा आज (मंगलबार) प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेकाे छ । नाराबाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।
न्यायालय बचाउन भन्दै तारा बरालगायत अभियान्ताहरू नेपाल बार प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए । वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि उनीहरूलाई त्यहाँबाट नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।
सर्वोच्च अदालतमा भइरहेको गतिरोध अन्त्य हुनुपर्ने उनीहरूकाे मागसहित नाराबाजीमा उत्रिएका जनता स्वतन्त्र आयोगका अभियन्ता तारासहित तीनजनालाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो ।




