विराटनगर । विराटनगर कारागारमा झडप हुँदा ६ जना घाइते भएका छन् । चौकीदार किरण गुरूङले यातना दिएको भन्दै मंगलबार १० बजे कारागारका कैदीबन्दीबीच दोहोरो झडप हुँदा चौकीदार गुरूङसहित ६ जना घाइते भएका हुन् ।
घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र सूर्यदिप गुप्ता रहेका छन् ।
घाइतेलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल पठाइएको जेलर रामप्रसाद पोखरेलले बताए ।
चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै यहाँका कैदीबन्दी आन्दोलित भएका थिए । चौकीदार गुरूङको शोषण र यातना सहन नसकेपछि गुरूङसहित उनी समूहका १४ जना नाइके र भाइ नाइकेलाई यहाँका कैदीबन्दीहरूले एउटा कोठामा थुनिदिएका थिए । त्यसपछि कैदीबन्दीबीच दोहोरो झडप भएको हाे ।




