काठमाडाैं । मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई आधा किलो सुनसहित पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा फ्लाई दुवईको उडानमार्फत् दुबईबाट आएका भारत उत्तर प्रदेशका महमद जुहेव रहेका छन् । दुबईबाट सुन लिएर आएको सुराकका आधारामा प्रहरीले ट्वाइलेट गराएर जुहेवले मलद्वारमा लुकाएको आधाकिलो सुन बरामद गरेको छ ।
उनी शंकास्पद रूपमा हिँडिरहेको देखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सुन ल्याएको थाहा पाएपछि चिया बिस्कुट खुवाएर दिसा गराएर सुन निकाल्न लगाइएको प्रहरीले जनाएको छ । उनले दुईवटा डल्ला सुन मलद्वारमा लुकाएर ल्याएका हुन् ।
उत्तर प्रदेशको बुलन्द शहर घर भएका जुबेदले एक्सरे मेशिनले रिड नगर्नेगरी जलप लगाएर सो सुन ल्याएका थिए । ४२ वर्षका महमद जुवेदको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरिएको छ ।




