काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । आज बिहान सडकमा टायर बालेर त्यस क्षेत्रकाे सडक अवरुद्ध गर्न खोज्ने विप्लव कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज काठमाडौं उपत्यकासहित देशभर बन्द आह्वान गरेको छ । काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ।
पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुको मूल्य वृद्धिको विरोधमा विप्लव समूहले बन्दसहित आन्दोलनको घोषणा गरेकाे हाे ।
विप्लव नेतृत्वकाे नृकपाले बिहीबार विज्ञप्ति जारी गर्दै कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दकाे घाेषणा गरेकाे थियाे ।




