काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमार्फत पुन: एक पटक नेपाली महिलाहरुले भोग्नु परेको यथार्थतामाथि आफ्ना धारणा व्यक्त गर्दै एउटा स्टाटस लेखेकी छिन् ।
अभिनेत्री सिवाकोटीले सोमबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै राजनीतिमा गरिने आरोप, प्रत्यारोप तथा व्यक्तिगत लाञ्छना किन लगाइन्छ ? भन्ने बारेमा जिज्ञासा राखेकी छिन् ।
‘तिम्रो राजनीति म बुझ्दिन’ भन्दै अभिनेत्री सिवाकोटीले लेखेकी छिन्–‘अनि बुझदिन यो राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लाञ्छना किन लगाइन्छ ?’
‘तर यती बुझ्छु, वर्षैं भान्साको चार पर्खालभित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पिडा हुन्छ । शारीरिक हिंसा, दुर्व्यवहार र चरित्रहत्याको डर सधैँ भइरहन्छ, सिवाकोटीले लेखेकी छिन्–‘ यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्यो, महिलाहरु भान्साबाट बाहिर आए, ठूला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपति भए, अन्तरिक्षसम्म पुगे, तर कतिको मानसिकता अझै बदलिएन ।’
‘धेरै संघर्षपछि आएको परिवर्तन हो यो, अभिनेत्री सिवकोटीले कसैको पनि नाम उल्लेख नगरि भनेकी छिन्– ‘केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने छैन ।’
‘आर्थिक, प्राविधिक अनि सामाजिक रुपमा ठूला खुड्किला चढेका मानवजातिमा अझै मानसिक विकास हुन भने बाँकी रहेछ, विश्वास भयो’ अभिनेत्री सिवकोटीले आफ्नो भनाइ यसरी टुङ्ग्याएकी छिन् ।






