काठमाडौं । हालसालै पत्ता लागेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट फेरि संक्रमित हुने दर डेल्टा या बिटा भेरियन्टको तुलनामा तीन गुणा धेरै हुने पाइएको छ । बिहीबार प्रकाशित दक्षिण अफ्रिकी वैज्ञानिकहरुको एक सुरुआती अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो ।
यस रिसर्च एक मेडिकल वेवसाइटमा प्रकाशन गरिएको बीबीसीले उल्लेख गरेको छ । तर, अहिलेसम्म कसैले पनि यसको स्वतन्त्र पुष्टि गरेको छैन । तर, साउथम्पटन युनिभर्सिटीका वैज्ञानिक माइकल हेडले ‘उच्च गुणवत्ता’को लागि यस रिसर्चको तारीफ गरेका छन् ।
यस अध्ययन कोरोना संक्रमण भइसकेका मानिसको शरीमा बनेको इम्युनिटीलाई कमजोर बनाउने ओम्रिकोनको क्षमताका बारेमा पहिलो कुनै वैज्ञानिक अनुसन्धान भएको हो । तर, यसमा खोपबाट बनेको इम्युनिटीलाई लिएर कुनै अध्ययन गरिएको छैन ।
कसले गर्यो अनुसन्धान ?
यो अनुसन्धान दक्षिण अफ्रिकाको संस्था ‘डीएसआई-एनआरएफ सेन्टर अफ एक्सिलेन्स इन एपिडेमियोलोजिकल मोडलिंग एण्ड एनालिसिस’ले गरेको हो । यसका निर्देशक जुलियट पुलियमले बताए अनुसार आगामी अध्ययनमा खोपबाट बनेको इम्युनिटीमाथि ओमिक्रोनको असर पनि पत्ता लगाउने योजना बनाएको छ ।
जुलियट पुलियमले यस बारेमा ट्वीटमा भनेका छन्, ‘हालमा ति मानिस पनि संक्रमित भए जो पहिलाको तीन लहरमा संक्रमित भएका थिए । यसमा सबैभन्दा धेरै डेल्टा लहरका क्रममा संक्रमित भएका थिए ।’
उनले भने, ‘ओमिक्रोनबाट भइरहेको संक्रमणको गम्भीरता पत्ता लगाउनका लागि आँकडा तत्काल आवश्यक छ । यसमा यस्ता मानिस सहभागी छन्, जसलाई पहिला संक्रमण भइसकेको छ ।’ विश्व स्वास्थ्य संगठनका जानकारहरुले दक्षिण अफ्रिकाको विमानमाथि लागेको यात्रा प्रतिबन्धका बारेमा फेरि विचार गर्न आग्रह गरेका छन् ।




