काठमाडौं । शैक्षिक परामर्श व्यवसायमा अहिले विभिन्न संचार माध्यममा आएको धरौटीको विषयमा नेकपा माओवादी केन्द्र समर्थित शैक्षिक परामर्श शाखा कमिटिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा माओवादी केन्द्र, उपत्यका विशेष प्रदेश कमिटि अन्तर्गत उधमी-ब्यवसायी जिल्ला कमिटि मातहतको शैक्षिक परामर्श शाखा कमिटिको बैठकले हालै संचार माध्यममा प्रकाशित शैक्षिक परामर्शमा धरौटी सम्बन्धि समाचार प्रति गम्भिर समिक्षा गर्दै त्यसको घोर आपत्ति प्रकट गरेको हो ।
शैक्षिक परामर्श ब्यवसाय विशुद्द सेवामुलक माध्ययम खालको ब्यवसाय भएकाले कुनै धरौटी नै आवश्यक नरहेको बैठकको निश्कर्ष छ । उक्त समाचार सत्य भए, सम्पूर्ण ब्यवसायी एक जुट भई शसक्त प्रतिरोधमा उत्रने समेत निर्णय गरेको नेकपा माओवादी केन्द्र शैक्षिक परामर्श शाखा कमिटिका अध्यक्ष युवराज कटुवालले जानकारी दिनुभयो ।




