धनगढी । दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीको नाम पनि विपन्नको सूचीमा राखेको फेला परेको छ । जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो । कांग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको नाम विपन्नको सूचीमा भेटिएको हो ।
सावित्रीले गरिब घर परिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो । तर, उनको आर्थिक स्तर तथा अवस्था भने त्यस्तो छैन । सावित्री सोही ठाउँकै हिकिलास्थित स्वास्थ्य केन्द्रमा कार्यरत छन् । उनी त्यहाँ अनमी हुन् । उनका पति पनि नेपाल प्रहरीमा कार्यरत छन् ।






