कालीकोट । कालीकोटको पलाँता गाउँपालिका ९ मा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा पलाँता १ का ६२ वर्षीया परिलाल भण्डारीको ज्यान गएको छ ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । कर्णाली नदीमा ड्रममाथि चढाएर लगिएको जीप अनियन्त्रित भइ दुर्घटना भएको हो ।






