१. सैनिक कल्याणकारी कोषमा करिब ६० अर्ब यत्तिकै (संचित) थन्किएको छ ।
२. सामाजिक सुरक्षा कोषमा कम्तिमा ७० अर्ब थन्किएको छ ।
३. बुढीगण्डकी जलविद्युत परियोजनाको निम्ति पेट्रोलियम पदार्थबाट उठाइएको कर रु ५१ अर्ब भन्दा पनि बढी रकम अहिलेसम्म उपयोग भएको छैन ।
४. चाहियो भने कर्मचारी संचयकोषले अर्बौ अर्ब लगानी जुटाउन सक्छ । जुटाउने गरेको छ । लगानी गर्ने ठाउँ नपाएर बसेको देखिन्छ ।
५. राम्रो योजना भयो र जनता कन्भिन्स भए भने “जनता शेयर लगानी कार्यक्रम “राखेर अरबौं खर्बौ रुपियाँ जुटाउन सकिन्छ ।
६. एनसेल जस्ता ठुला करदाता (७२ अर्ब) वा ठुला ठगहरुबाट उठाउन पर्ने रकम करमा कडाई पुर्बक उठाइयो भने पनि खर्बौ खर्ब यत्तिकै आउँछ ।
७. बिदेशीसँग भिख मागेर बिकास आउँदैन, आन्तरिक ब्यबस्थापनमा क्रान्ति ल्याउन पर्छ र क्षमतामा चमत्कारिक बिकास गर्नुपर्छ ।
अस्तु ।






