सर्लाही । नेपाल जेसीजको राष्ट्रिय कार्यतालिका अनुसार ३९ शाखाका अध्यक्षहरु सम्मिलित क्षेत्र ’ख’ शाखा अध्यक्ष भेला शनिवार सम्पन्न भयो । आतिथ्यता प्रदान गरेको शाखा लालबन्दी जेसीजका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न भएको उद्दघाटन सत्रको कार्यक्रमको औपचारिक उद्दघाटन लालबन्दी नगरपालिका प्रमुख मान बहादुर खडकाले गर्नुभयो ।
कार्यक्रममा नेपाल जेसीजका महासचिव कृष्ण सापकोटा, कार्यकारणी उपाध्यक्ष शुनिल तिमल्सिना, लालबन्दी नगर उपप्रमुख शान्तिकुमारी लामा, लालबन्दी–७ का वडा अध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, उधोग वाणिज्य संघका अध्यक्ष कल्याण कुमार जोशी, इलाका प्रहरी कार्यालयका प्रमुख निर्मल थापा, नेपाल चेम्बर अफ कमर्श लालबन्दीका अध्यक्ष सुमन खत्री नेपाल जेसिजका निरुपित उपाध्यक्ष नरेश चन्द्र ओझा, रस्मि बस्नेत, कृष्ण बहादुर श्रेष्ठ, मातृशाखा चन्द्रनिगाहपुर जेसीजका अध्यक्ष उज्वल रिजाल, लालबन्दी जेसिजका संस्थापक अध्यक्ष किरण घिमिरे, निवर्तमान अध्यक्ष श्यामकुमार खड्का लगायत दर्जनौ अतिथिहरुको उपस्थिति रहेको थियो ।
नेपाल जेसिजको क्षेत्रिय सम्मेलनमा प्रस्तुत गरिने विषयबस्तु र जेसीजका बिभिन्न बाटो र पाटोका सन्दर्भमा नेतृत्वकर्ता शाखा अध्यक्षहरु विचमा हुने शाखा अध्यक्ष भेला अन्तर्गत शनिवार नै नेपाल जेसीजका चार वटै क्षेत्रका अध्यक्षहरु भेला सम्पन्न भएको निरुपित उपाध्यक्ष नरेशचन्द्र ओझाले बताउनु भयो ।
नेपाल जेसीजले नेपाल भरिका जेसीज शाखाहरुलाई ४ क्षेत्रमा बाडेको छ, जस अन्तर्गत क्षेत्र ‘ख’मा प्रस्तावित ४ शाखा सहित ३९ शाखा रहेको छ । आज सम्पन्न उद्दघाटन सत्रमा बोल्दै नगरप्रमुखले लालबन्दी जेसीज र नगरपालिका सहयात्री भएको र यसको उत्थान र विकासमा नगर कार्यपालिका सधै सकारात्मक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताले जेसिज कार्य सम्पादनको खुलेर प्रसंसा गरेका छन् । विहान सबेरै सुरुभएको कार्यक्रम साझसम्म चलेको थियो । निकै नै ब्यबस्थित र अनुशासित ढंगले बृहत सजिसज्जा सहित सम्पन्न कार्यक्रम जेसीज अभियान्ताकै अर्थ ब्यबस्थापनमा सम्पन्न भएको बुझिएको छ । सम्पूर्ण आम्दानी खर्च सहितको बिस्तृत प्रतिवेदन एक कार्यक्रमका विच सार्वजनिक गरिने महासचिव मनोज बख्रेलले जानकारी दिनुभयो ।




