सर्लाही । ईश्वरपुरको वडा नम्बर १२ कार्यालयले चालू आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको बजेटबाट चार पटक स्वास्थ्य चौकीमा आएर गर्भ परीक्षण गराएका गर्भवतीलाई आधा किलो घ्यू र आधा किलो हर्लिक्स वितरण गरेको छ ।
गर्भवतीलाई यसरी स्वास्थ्य चौकीसम्म आएर चार पटकसम्म अनिवार्य गर्भ परीक्षण गराउन प्रोत्साहन गर्ने उद्देश्यले घ्यू र हर्लिक्स वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउँदा हुने फाईदाका सम्बन्धमा स्वास्थ्य चौकी कालिञ्जोरको स्वास्थ्यक्रमीले प्रष्ट पारेका थिए ।
त्यस्तै, समुन्नति परियोजना अन्तर्गत स्वास्थ्य चौकीमा आइ चार पटक गर्भ जाँच गराउने र प्रसुति गराउने महिलालाई सेभ द चिडेन र ग्रामीण नारी उत्थान सङ्घले साबुन, ब्रस, मन्जन, काइयो लगायतका सामग्री प्रदान गर्दै आइरहेको सामाजिक परिचालक वडा कार्यालयले जनाएको छ ।




