सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको डालीमार्टले म्याद गुज्रिएको वस्तु बिक्री वितरण नगरेको दावी गरेको छ । लालबन्दी नगरपालिका ७ मा रहेको मार्टले म्याद गुज्रिएको र कीरा परिसकेको अखाद्य वस्तु बिक्री भइरहेको पाइएको भन्दै लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाशु तिमल्सिनाको नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।
लालबन्दी नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाको नेतृत्वमा पुगेको अनुगमन टोलीले डालीमार्टबाट म्याद गुज्रिएको चाउचाउ र बिस्कुट बिक्री भइरहेको तथा घुनकीरा र चिलसा लागिसकेको मकैको च्याख्ला लगायतका वस्तु बिक्री गरिरहेको फेला पारेको बताएको थियो ।
तर यता मार्टले भने सो विषयमा आफ्नो गंभिर ध्यानाकर्षण भएको बताएको छ । मार्टले एक विज्ञप्ती जारी गर्दै आफ्नो मार्ट प्रति फैलाइएको नकारात्मक प्रचारबाजीको विरोध गरेको छ । लालबन्दी नगरपालिका ७ मा सञ्चालीत मार्टबाट उपभोक्ता ठगिएको गुनासो आएपछि लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाको नेतृत्वमा अनुगमन टोली पुगेर मार्टको अनुगमन गरेको थियो ।
अनुगमन गर्न आउँदा कर्मचारीहरुलाई थर्काउँदै डालीमार्टको शटरमा ताल्चा लगाउनु पर्ने भन्दै धम्की समेत दिइएको पत्रमा आरोप लगाइएको छ । नगरपालिका कार्यालयले भने डालीमार्टसँग मौखिक स्ष्टीकरण सोधिएको र आगामी दिनमा यस्तो गल्ती नदोर्याउने प्रतिवद्धता व्यक्त भएको जनाएको छ ।





