सर्लाही । ईंटाभट्टाको खाडलमा जमेको पानीमा डुबेर बिहिबार दिउँसो एक बालकको मृत्यु भएको छ । हरिवन नगरपालिकाको घुर्कौली स्थित पत्थरकोटिया टोलमा मदन घिसिङ्ले सञ्चालन गर्दै आएको मिदास ईट्टा भट्टाको खाडलमा जमेको पानिमा डुबेर हरिवन नपा–६ निवासी रामचन्द्र महतोको छोरा १२ वर्षीय आकाश महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
भैसि चराउन जाँदा भैंसी खाल्डोमा परेपछि निकाल्न खोज्दा सोही खाल्डोमा डुबेर आकाशको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल सर्लाही पठाईएको प्रहरीले जनाएको छ ।




