सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित पुर्व पश्चिम लोकमार्गबाट प्रहरीले ठुलो मात्रामा भन्सार छलि गरेर ल्याएको सामान बरामद गरेको छ ।
लालबन्दी नगरपालिका १ स्थित पुर्व पश्चिम लोकमार्ग अन्तर्गत लखनदेही पुल नजिकबाट विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले ठूलो मात्रामा भन्सार छलिको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले धनुषाको जटही नाकाबाट काठमाडौंका लागि छुटेको ना ८ ख १८०८ नम्बरको यात्रु बसबाट १२ टिन घ्युउ, २ बोरा पाउडर दूध र ३० किलो सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।
उनका अनुसार १५ किलोका १२ कार्टुन घ्यु, २५ किलोका दरले २ बोरा पाउडर दुध र ३० किलो सुर्ती गरि कुल करिब रु २ लाख बराबरको अवैध सामान बरामद् भएको हो ।
१५ किलोका दरले १२ कार्टुन घ्यु १ सय ८० किलो घ्युको रु १ लाख ५३ हजार ६ सय ,५० किलो पाउडर दुधको रु ३६ हजार र ३० किलो सुर्ति गरि करिब रु २ लाख बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।




