काठमाडौं । त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले मलेसिया माथि ९ विकेटको जित हात पारेको छ । दोस्रो खेल खेलीरहेका खेलाडीहरु कुशल भुर्तेल र आसिफ शेखले शानदार इनिङ खेलेपछि नेपालले ४७ बल बाँकी छँदै जीत हात पारेको हो ।
आज नेपालले खेल जितेपछि कलाकार कुमार कट्टेलले बधाई दिएका छन् । उनले अर्को एतिहासिक जितको लागी बधाई टिम नेपाल 🇳🇵 भनेर सामाजिक संजाल फेसबुक मार्फत बधाई दिएका छन् ।
यसअघि नेपालले नेदरल्याण्डमाथि शानदार जीत हात पारेसँगै सामाजिक संजालमा यसको चर्चा भएको थियो । माइक्रोब्लगिङ साइट ट्वीटरमा लगातार क्रिकेट सम्बन्धी ह्याशट्यागहरु ट्रेन्ड गरिरहेका छन् ।






