उसको रहर थियो
विश्वविद्यालयका प्राध्यापकको झोले बन्ने
झोला भिरेर सहायक भै काम गर्ने
ज्ञान आर्जन गरेर
अनुसन्धान छाप्ने
अनि स्वयं प्राध्यापक बन्ने ।
उसले आफ्नो रहर पुरा गर्न सकेन
अनि ईश्वरको भक्ति गर्यो
ईश्वर प्रकट भए
अनि ईश्वरलाई प्रश्न गर्यो
“झोले कसरी उत्पति भए प्रभु?”
ईश्वरले जवाफ दिए
“धर्मले”
उसले पुन: प्रश्न गर्यो
“धर्मले कसरी प्रभु?”
ईश्वरले जवाफ दिए
“धर्मले आफ्ना स्वामी भक्त, भगवान भक्त बन्न प्रेरित गर्दछ ?
उसले पुन प्रश्न तेर्स्यायो
“म किन झोले हुन सकिन प्रभु?”
ईश्वरले हाँसेर उत्तर दिए
“झोले अन्धभक्त हुन्छ, स्वामीप्रतिको विरोध सहँदैन
तैंले दोहोरो बिश्लेषण गर्दछस
झोलेले एकोहोरो गर्दछ “






