कपट
धार्मिक भक्तजन
जो उसले सोधेका प्रश्न
उसलाई नै सोध्थे
के गर्ने भनेर
उसले प्रश्न गर्यो
“उत्तर दिन नसके पछि कसरी भयो शास्त्रार्थ
आफ्नो समस्या आँफै हल गर भन्ने कता गए”
उसले प्रश्न तेर्स्यायो
“तिमीहरू के गर्छौ, कसरी उत्तर दिन्छौ
परिस्थिति तिमीहरूलाई आई परेको छ
मलाई होइन
मलाई आइपरो भने जे गरिन्छ गरिन्छ”
उसको स्वरूपलाई मार्ने प्रति भन्यो
“मैले पनि तिमीहरूको स्वरुपलाई निन्दा गरेको हो
तिमीहरूलाई होइन”
भिड निशब्द भयो
उसले बोल्यो
तुरुन्तै प्रतिक्रिया देखाउने भक्त कहाँ
गएर आफ्नो समस्या राख
तिमीहरूको आफ्नो कहाँ जाओ
नातावाद र कृपावाद सुनाओ
सबै कर्म आँफै गर
धर्मले पनि भन्दछ
मनुष्य एक्लै जन्मियो
र एक्लै मर्दछ
किन चाहियो तिमीहरूलाई साथ
किन फस्दछौ माया र मोहमा ?”
उसले आफु मनुष्य हुनमा
पहिलो पटक गर्व गर्यो
किनकि मनुष्यलाई सबै कुरा चाहिन्छ
भगवानलाई नभए पनि हुन्छ।
कपट गर्ने आएका भक्तजन प्रति
उसले कुनै उदार भाव देखाएन
बरु आफ्नो गल्ति महसुस गर्यो
र बोल्यो
तिनीहरू मर्नेछन् भनेर फोकटमा चिन्ता गरिएछ
सर्प जस्तो छवि भएका सँग विष हुनु स्वाभाविक नै हो ।
सन्नाटा
धार्मिक भक्तजन
जो उसलाई आफ्नो विरोधी बनाएर
क्रमश शत्रुमा परिणत गराई
उ सँग युद्ध चाहन्थे
उसले बोल्यो
“मर्न म डराउँदिन
आफ्नो भगवान सँग मलाई कमजोर बनाउन माग गर
मलाई शास्त्र नदेउ
अन्यथा म तिमीहरूलाई छोड्दिन
मृत्यु तिमीहरूको लागि निश्चित छ।”
उसले प्रश्न गर्यो
“जाल झेल नगरी
हिन्दु धर्ममा भगवानले नैतिक रुपमा जितेको कुनै एक युद्ध देखाउ,
विष्णुको सर्वश्रेष्ठ भक्त कहलिएको प्रह्लादलाई पनि
नारदले गर्वमै भगवानको नाम जप्न सिकाए
हिरण्यकश्यपुलाई मानसिक तनाव दिन
धर्मले हार्ने निश्चित देखेपछि
चातुर्यता र छल प्रयोग भयो,
त्यसैले भगवानले नैतिक रुपमा कुनै युद्ध जितेनन
चातुर्यता र छल भगवानको शक्तिको रूपमा व्याख्या गरिए”
शक्तिले उनमात भिडमा
सन्नाटा छायो ।
मानी दिँदा
उसको स्वरूप मार्न आएका सँग
मार्नुको कारण
उ प्रतिको डाह थियो।
उनीहरूले धर्मको साथ खोजे
सायद महाभारतको कृष्ण बाट सिके
जसले बोलेका थिए
अधर्मीलाई मार्नु पुण्य हो।
उसलाई अधर्मी घोषणा गरे
उसले प्रश्न गर्यो
“कुन पार्वतीको लागि तिमीहरू मलाई जालन्धर बनाउँदैछौ
मेरा लागि त सबै केटि पार्वती समान हुन
लक्ष्मीको भक्त बनेर आए
सम्पुर्ण केटिहरु लक्ष्मी हुन्छन
सरस्वतीको लागि आए
सम्पुर्ण केटि सरस्वती हुन्छन,
उनीहरूको पार्वती त्यसपछि बृन्दा भै,
मुड चेन्ज तुरुन्तै भनेजस्तै
अनि आयो विष्णु बन्ने व्यक्ति
पतिव्रता धर्म नष्ट गराउन”
त्यस हुलको निष्कर्ष थियो
उसलाई नमारे, उसले मार्नेछ
उनीहरूले सत्य बोले
उसको हातमा शस्त्र भएको भए
उसले बाँकी राख्ने थिएन
उही कृष्णको नारा लगाएर
अधर्मी घोषणा गरी।
एउटा धर्मात्मा ले उसलाई बोल्यो
उसले धर्म युद्ध गर्यो
उसले बोल्यो
त्यो बोल्ने व्यक्तिलाई पनि उ छोड्ने थिएन
त्यसैले उसको प्रश्नको जवाफ आएन
उसले बोल्यो
“अन्य व्यक्तिलाई पनि माया देखाएर आओ
अनि प्रतिक्रिया हेर” ।






