१. केटा केटीहरूलाई नेपालका रेडियो, टिभी, एफ एम आदि इत्यादि सुन्न सुनाउन र देखाउन हुँदैन । सकेसम्म अनुमति दिनु हुँदैन । ती बाल बालिका मैत्री देखिँदैनन् ।
२. ती प्रकारका सञ्चार माध्यमहरूले बच्चाहरुको दिमागमा नराम्रो प्रकारको असर पर्ने खालका शब्द, भाषा, सामग्री, संवाद र दृश्यहरु नियमित रूपमा समेत देखाउने गरिरहेका हुन्छन् । अपवादमा त झन घिन लाग्दो कुरा पेश गरेको देखिन्छ ।
३. यतिसम्म कि ती नेपाली सञ्चार माध्यमहरूले बाल बालिकाहरुमा समेत रंग, जात जाति, धर्म संस्कृति आदि इत्यादिमा समेत विभेद गर्ने गराउने मानसिकता विकास हुने खालका सामग्री संवाद तथा दृश्य देखाउने गरिरहेका हुन्छन् । बच्चाहरुले पनि त्यो प्रकारको अभिव्यक्ति समेत प्रकट गर्ने गरेको पाइन्छ । यो ज्यादै नराम्रो कुरा हो भन्ने लाग्दछ ।
४. त्यसले कम्तीमा पनि स्कूल पढुन्जेलसम्म ती सञ्चार माध्यमहरु हेर्न र सुन्नमा सावधानी अपनाउनु पर्ने देखिन्छ । यस्तो बेला, अभिभावकले, उनीहरूको लागि निश्चित तोकिएको कार्यक्रममा मात्र अनुमति दिनु आवश्यक हुन्छ ।
५. त्यसैगरी महिला वा स्त्री हिंसा जगाउने प्रकारका कार्यक्रम त झन् दर्जनौं दर्जन छन् । त्यो प्रकारका कार्यक्रम बालबालिकाहरुले हेरे भने पनि बच्चाहरुमा नराम्रो छाप पर्ने हुन् सक्छ। जस्तै कमेडी विथ च्याम्पियन (Comedy with Champion) भन्ने एउटा साप्ताहिक कार्यक्रम आउँछ । दीपा श्री निरौला त्यसको स्रोत व्यक्ति हुन् । त्यसमा आउने एउटा श्रेष्ठ थरको केटो “बाबा”/”जोगी”/”ढोंगी” आदी इत्यादी यस्तै यस्तै के के बनेर आउँछ । ऊ मार्फत पस्कने संवाद हामीले परिवारमा बसेर सुन्न लाज लाग्ने खालको समेत हुने गर्दछ । अनि बच्चा बच्चीको हकमा नी ?
६. सबै लोकप्रिय कार्यक्रम र कलाकार राम्रा हुँदैनन् । सबै राम्रा कार्यक्रम र कलाकार लोकप्रिय हुँदैनन् । छानेर हेर्ने हेराउने गर्नु पर्ने अवस्था श्रृजना भएको छ नेपालमा पनि ।
अस्तु ।






