नयाँ छ सपना,
हरपल… बिहानी,
हाँसेर फुल्दछ ।१।
उज्यालो ज्योति,
संसार भुलाउने,
चाहना असीम छ । २।
टाढाका बाटा,
अँध्यारो हुन्छ,
प्रकाशै छर्दछिन्। ३।
चाहना लुप्त,
अपार छ ममता,
सन्तान खातिर । ४।
आँशुका धारा,
आफैले पुछि,
सृष्टिलाई डोर्याउछिन ।५।
आमाको त्याग,
तपस्या बलिदान,
शब्दकोश अट्दैन ।६।
अस्तु ।
(२०८० वैशाख ७, मातातीर्थ औंसीको उपलक्ष्यमा)




