एजेन्सी । बलिउड अभिनेता अर्जुन रामपालले कोरोना जितेका छन् । अर्थात् उनी कोरोना संक्रमणबाट पूर्ण रुपमा ठिक भएका छन् । कोरोना भाइरसको संक्रमण भएपछि रामपालले आफैंले यस बारे जानकारी दिएका थिए ।
उनले आफ्ना प्रशंसकलाई आफूले कोरोना जितेको मात्र बताएका छैनन्, यसको कारण पनि बताएका छन् । आफूलाई भाग्यशाली भन्दै रामपालले भनेका छन्, ‘मलाई चिकित्सकले भ्याक्सिन लिएकाले नै ममा कोरोना भाइरसको लोड कम भएको बताएका छन्, अनि मलाई कुनै लक्षण पनि देखिएको थिएन ।’






