१. एउटा छिमेकीले झगडा गराउने मात्र होइन, भाई भाई फुटाएर आफूले के के लिने हो लिने गर्छ । फुटाउनको लागि पैशा समेत खर्च गर्छ र गर्दै आएको कुरा विभिन्न माध्यमबाट सार्वजनिक भएको छ ।
२. अर्को छिमेकीले फुट्नु हुँदैन, झगडा गर्नु हुँदैन, जस्तो सुकै भए पनि, तिमीहरू फुटेको हामी देख्न चाहँदैनौं भन्ने गर्छ । फुट्नेहरुलाई हामी सहयोग गर्न पनि सक्दैनौं र सहयोग लिन पनि सकिँदैन भन्छ ।
३. अर्को “तेस्रो परम मित्र” छ, माथिका दुवैलाई टुप्पीमा समातेर खेलाउन हिम्मत राख्छ ! खेलाउन खोज्दै छ, त्यही अनुसार योजना होलान् । तर हामीलाई के के गर्ने हो, अझै स्पष्ट छैन । उसले इतिहासमा हामीलाई गरेको एतिहासिक सहयोग हाम्रो लागि सुखद थियो ।
४. तेस्रो परम मित्रले शायद हाम्रो छिमेकी पनि फेरिदिन सक्छ भविष्यमा ! उसको योजनाहरु त त्यही दिशामा अघि बढ्ने अनुमान गर्दछु । नयाँ छिमेकी, नयाँ नेपाल कस्तो होला ? समृद्धिको सुरुवात त्यही बाट सुरु होला की ?
अस्तु ।




