द्वन्द ग्रस्त देशमा समेत अस्पताल हिँडेको गाडी वा एम्बुलेन्स रोकिँदैन । बालेन शाहलाई रोक्ने तिमीहरूको उदेश्य के हो ?
१. यो दुनियामा अस्पताल तीर हुइँकिएको गाडी एम्बुलेन्स वा साइरन बजाउदै बिरामी लिन दौडिएको गाडी रोकेर घण्टौंसम्म केरकार गर्ने, नेपालको सुरक्षा निकाय बाहेक अन्य देशमा कसैले गर्दैन होला ।
२. जस्तै दशकौ देखि पेरुमा त्यहाँको विश्व प्रसिद्ध भइसकेको साइनिङ पाथको युद्ध (गोन्जालोको नेतृत्व जसको गत वर्ष जेलमै मृत्यु भयो) चल्दै गर्दा उनीहरू राजधानी लिमामा समेत धावा बोलीसकेका थिए । तत्कालीन फुजीमोरी सरकार संकटमा थियो । त्यो क्रिटिकल समयमा समेत अर्को विद्रोही समुह टुपाक अमारुले एम्बुलेन्समा डक्टर नर्सको भेषमा (करिब १८ जना ?) आएर पेरुका सयौ उच्च पदस्थ अधिकारीहरु जसमा न्यायधिशहरु देखि लिएर सेना मन्त्री आदिको एउटा ठूलो भोजलाई बन्धक बनाउन सफल भए। तर केही दिन पछि (सायद १८ दिन, अहिले बिर्सिए मैले) उक्त बन्धक समूहका सम्पूर्ण सदस्यहरुको सर्बनाक हत्या भयो अनि मुक्त गरियो, एउटा सुरुङ निर्माण मार्फत । अर्थात् एम्बुलेन्सहरु कहीं कतै रोकिदैनन ।
३. नेपालमा केही मान्छेहरुको अमूक उदेश्य पूर्तिको लागि सरकारी ढुकुटी देखि लिएर राज्यका विभिन्न संयन्त्रहरु दुरुपयोग गर्दै आएका छन् । उनीहरूको अत्याचार यतिसम्म माथि पुगी सक्यो कि उनीहरू अस्पताल तीर हिँडेको गाडी एम्बुलेन्स पनि रोकेर, केरकारको निहुँमा काठमाण्डौको मेयरलाई समेत टर्चर दिन सुरु गरिसके ।
४. इन्डियाको दिल्लीमा पनि केजरीलालको बिरुद्द त्यहाँको भाजपाको सरकारले एउटा न एउटा निहुँमा उसलाई दुःख सधैं दिएको देखिन्छ । तर केजरीलाल अगाडि बढेको बढी छ । नेपालको बालेन् शाह भविष्यमा के गर्ने हुन अझै प्रस्ट छैन, सबै कुराहरू अति गोप्य छन् ।
५. स्मरणीय छ, महानगरले आफ्नो फ्री एम्बुलेन्स सेवा सुरु गरेको छ, जसको लागि १०३ मा कल गर्नु पर्ने हुन्छ । तर यो सेवा जसरी पनि रोकिदिने षडयन्त्रमा एउटा गिरोह सुरु देखि नै लागेको छ । हेरौ के हुन्छ ।
अस्तु ।




