१. नेपाल ठूलो संकटमा परेको छ । यसको उद्दार हुन गार्हो छ । वीर बिरङनाहरु कहाँ छन् खोइ ? उठ्ने समय आइसक्यो होइन र ?
२. बहुरुपी नेपालीले, तीन दशक देखि नेपाल आमाको अस्तित्व, स्वाभिमान र पहिचान ध्वस्त पार्दैछन दिन प्रतिदिन !
३. दुःखद कुरा, अल्पमतमा पर्दैछन राष्ट्र प्रेमी देशभक्त नेपालीहरु !

४. देशी विदेशी षड्यन्त्रको पैसाको चलखेल हर क्षेत्रमा बढेको छ, त्यही पैसाले सब थोक किन्ने र जित्ने भइरहेको छ, तर सच्चा नेपालीले हार्दैछन आफ्नै मातृ भूमिमा !
५. त्यो हार सधैका निम्ति पनि हुन सक्छ वा केही दशक मात्र हो, निश्चित भएको छैन अझै ।
६. त्यो निश्चित गर्नको निम्ति नेपाली वीर विराङगानाहरु उठ्ने समय आइसक्यो । उठौ जागौ र नेपाली जनताका साझा दुस्मनहरुलाई सधैका निम्ति परास्त गरी समृद् नेपालको खाका कोर्न सुरुवात गरौं ।

७. पहिलो कुरा यो देशलाई हामीले नै हाम्रो ब्यबस्था दिनु पर्यो। त्यो व्यवस्थाले हालका दुई तीन सयको अस्तित्व सधैंको लागि पतन गराउनु पर्यो । जनताको अवस्था स्वतः परिवर्तन गर्नु पर्यो । कुन ब्यबस्था, कस्तो ब्यबस्था त्यो ऊपर छलफल गर्न सकिन्छ ।
८. नेपाली नयाँ पुस्ताका युवाहरु माथि भइरहेको यी दर्दनाक उदाहरण हरु हेरौ सर्सरी:
क) बीस बर्षअघि इराकमा १२ जना मारिँदा देश चलाउने यिनै थिए ।
ख) अफगानिस्तानमा १३ जना मारिँदा पनि देश चलाउने यिनै थिए ।
ग) आज इजरायलमा १० जना मारिँदा पनि देश चलाउने यिनै छन् ।
घ) हरेक दिन २५ सय युवा बिदेशीको नोकर बन्दै बिदेशिँदा उनीहरू नै शाशक छन् ।
ङ) दैनिक १३ नेपालीको लास बाकसमा आईरहँदा पनि देश चलाउने यिनै छन् ।
च) ३३ बर्षदेखी उनीहरू बिकास गरेको गर्यै छन रे । फेरि यिनैलाई करीब २०/२५ लाखको एउटा डरलाग्दो झुन्डले वाह वाह गरेको गरी छन् । तर नेपाल झन् झन् हरितन्नम हुँदै गएको छ किन होला ?

यो जर्जर अवस्थाको देशले कहिले र कुन नायक वा नायिकाबाट काचुली फेर्न सक्छ ? गम्भीर भएर सोचौं । हचुवामा सतही कुरा समातेर नहिडौ ।

अस्तु ।




