दक्षिण कोरिया देशलाई छोडेर हिसाब गर्ने हो भने तीस चालीस लाख नेपालीहरुलाई विश्वका मुस्लिम देशहरूले रोजगारी दिएका छन् । नेपालीलाई रोजगारी दिने अधिकांस मुलुकहरु भनेको मुस्लिम देशहरू हुन् । उनीहरू हाम्रो रोजगार दाता देशहरू हुन् ।
तर नेपालमा वा विदेशमा बसेर प्यालेस्टेनी नागरिकको जन्म सिद्ध अधिकारको विरुद्द विष वमन गर्ने निहुँमा सिंगो मुस्लिम समुदायलाई समेत अनेक प्रकारले होच्याएर लेख लेखी राख्ने, भाषण गर्ने, गोष्ठी गर्ने केही कथित नेपाली विद्वान बुद्धिजीवीलाई नेपाल सरकारले तुरुन्त कारबाही गर्नुपर्छ । यदि सरकारले गर्दैन भने, सम्बन्धित मुस्लिम समुदायले आफू सक्दो कारबाही गर्नु बान्छनिय देखिन्छ नेपाल भित्र समेत ।
आफ्नो स्वतन्त्र देशका खातिर उनीहरूको सत्तरी वर्ष देखिको अनवरत संघर्षका विरुद्द अनेक लेख्नु पनि अपराधी मानसिकता हो । शक्ति सत्ता र पैसाको दलाली गर्नु हो । दवबु मानसिकता हो । नोकरशाही मानसिकता हो ।
यो प्रकारका मानसिक दास मनोवृत्तिका मानिसहरूलाई विद्वान बुद्धिजीवीको वर्गमा राख्न सकिँदैन । राख्नु हुँदैन । मालिकको छत्र छायाँमा हुर्किएका मानसिक दासहरुले मात्र यो प्रकारको रवैया अपनाउने गर्छन् । तिनीहरूलाई स्वतंत्र देश केहो र स्वतंत्र देशको नागरिक भएर बाँच्नु र बाँच्न पाउने अधिकार के हो भन्ने कुराको महसुस हुँदैन, ज्ञात हुँदैन । किनभने उनीहरू सुरु देखि नै मानसिक रूपमा दास मनोवृत्तिका भइसकेका हुन्छन् ।
अस्तु ।




