अहिलेको संविधान नै मुख्य समस्याको रूपमा खडा भएको छ । जबसम्म यो संविधानमा व्यापक संशोधन हुँदैन वा नयाँ संविधान जारी हुँदैन तबसम्म नेपाल यसरी नै अलमलमा परिरहन्छ ।
यो संविधान फेर्नको निम्ति नयाँ पात्र, नयाँ समुह वा पार्टीको आवश्यकता पर्दछ । त्यो पात्र र समुह कुन हुनसक्छ अझै प्रष्ट छैन ।
दुर्गा प्रसाईले त्यो कुरामा भरमग्दुर प्रयास गरिरहेका देखिन्छन् । उनी कति सफल हुन्छन् वा हुँदैनन् त्यो पनि अझै प्रष्ट भएको छैन । यसको लागि ठूलो तयारी चाहिन्छ नेपथ्य देखि बाहिरी रूपमा समेत ।
तर उनले जे जे एजेन्डा बजारमा ल्याएका छन् ती गलत छैनन् । सही एजेण्डा लिएर नयाँ पात्र नयाँ व्यवस्थाको अभियानमा निस्किएका प्रसाई नयाँ जंगबहादुर बन्न सके भने, नेपालले कोल्टे फेर्ने पनि सक्छ, के थाहा !
कम्तिमा पनि अहिलेको संविधान र हालका पार्टीहरुबाट नेपालमा नयाँ राम्रो काम हुँदैन । यो कुरा प्रस्ट भइसक्यो तेत्तीस वर्षको लामो समयले । एउटा सिंगो पुस्ता बर्बाद पारिसक्यो भने, अर्को पुस्ताको लागि पनि खाडल खनिरहेका छन् । त्यसैले यसलाई बदल्नु अनिवार्य सर्त भइसकेको छ ।
व्यक्तिगत रूपमा दुर्गा प्रसाई बिरुद्द अनेक लेख्ने बोल्नेहरुले, एकपटक आफ्नै नेता पार्टीे र तिनीहरूले यो तिस वर्षमा के के हर्कत गरे गराए र नेपाललाई विश्वमा कुल्लीहरुको देश भनेर चिनाएको कुरा सरसर्ती हेर्ने कोसिस गर । आफ्नो विवेक प्रयोग गर ।
आफू मर्न तयार रहेको बताउने दुर्गा प्रसाईको नेतृत्वमा हुने नयाँ अभियानमा नेपाली जनता सहभागी भएको अवस्थामा नयाँ नेपालको सुरुवात हुन सक्छ । यदि सहभागी वा समर्थन गरिएन भने चाहिँ, केहि पनि हुँदैन र भएको पनि छैन, हुने पनि छैन ।
बरु झन् झन् नेपालमा तबाही बाहेक केही हुँदैन । तर नेपालको एउटा बर्ग छ २०/२५ लाखको, तिनीहरूको निम्ति चाहिँ झन झन स्वर्ग बन्दै गएको छ यो अव्यवस्था भित्र । के उनीहरूको निम्ति बाकी सबै जनता सती जाने ?
यसरी विकल्प खोज्नु नेपाली जनताको निम्ति अनिवार्य सर्त भएको छ । यही युगको आवाज हो । युगको सही आवाज प्रसाई मार्फत मुखरित भएको छ अवश्य पनि । साथ दिने वा नदिने नेपाली जनताको काधमा आएको छ । के गरौंला हामीले उनको अभियानमा ?
अस्तु ।




