धनगढी । कैलालीस्थित धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२/३३ वर्षीया महिलाको शव फेला परेका हो ।
विद्यार्थीहरु शौचका लागी झाडीमा जानेक्रममा शव देखेका थिए । महिलाको शरीरको तल्लो भागमा किरा परेका छन् । घटना बारे थप विवरण आउन बाँकी छ ।






