दुर्गा प्रसाईले आज मंसिर सात गते रोप्ने “जन विद्रोह” लाई सेनाले असहयोग वा कथित तटस्थको अभिनय वा जन विद्रोहको बिरुद्द उभियो र यो विद्रोह असफल भयो भने, सेना निकट भविष्यमा विघटन हुन सक्ने सम्भावना बढेर जान्छ । हामीले सोचे भन्दा छिटो र सजिलै विघटन हुन पनि सक्छ । जुन कुरा केही विदेशी शक्तिहरूले चाहेका छन् ।
आजको विश्वमा समेत त्यस्ता राष्ट्रहरू विद्यमान छन्, जहाँ सेनाको विघटन भएका छन् । सेनाको विघटन एउटा पाटोको रुपमा समेत अगाडि आएको देखिन्छ ।
सेनाको त्यो प्रकारको विघटनले जागिर खाइरहेका सेनालाई त खासै फरक पर्दैन । बरु विघटनलाई सहयोग वा समर्थन गरे बापत थुप्रो कमाई हुन सक्छ व्यक्तिगत रूपमा । तर देशलाई र जनतालाई फरक पर्छ । देश अनिश्चितकाीन रूपमा द्वन्दमा फस्न पुग्छ । विदेशमा घटेका घटनाहरूले यही कुरा देखाउँछ ।
“सेनाको संख्या घटाउनु पर्छ” भनेर भन्नेहरु प्रति समेत कुनै एक्सन नलिएको सेनाको पछाडि थुप्रै रहस्यहरु वा प्रश्नहरू छन् । द्वन्दग्रस्त नेपालमा प्रवेश गर्ने की नयाँ संविधान वा व्यापक संशोधन सहितको नयाँ व्यवस्था मार्फत नयाँ व्यवस्थामा प्रवेश गर्ने भनेर निर्यण गर्ने नेपाली सेनाको काधमा पनि इतिहासको एउटा नयाँ मोड आएको छ ।
अस्तु ।




