काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको बिहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
कोरोना संक्रमणका कारण उनको निधन भएको बताइएको छ । वरिष्ठ गायक प्रधानले थुप्रै गीतमा स्वर दिएका छन् । निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका हुन् ।
गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।






