के कसैका घरका छोरी, बुहारीहरु नातिनीहरु वा आमाहरु प्रति छिमेकी गाउँका आवारा केटाहरु हुल बाँधेर मिलेर जबरजस्ती विवाह, करणी वा अपहरण गर्न आउन पाइन्छ ? के त्यो प्रकारको विवाह, करणी वा अपहरण तपाईंले स्वीकार्नु हुन्छ ?
यदि त्यही कुरा आफ्नो घरमा भोलि हुन सक्ने संकेत पाउनु भयो वा बिना सूचना त्यो हुन लाग्यो भने, के गर्नु हुन्छ ? अवश्य पनि आफू सक्दो प्रतिकार गर्नु हुन्छ होला होइन र ?
यहाँ छिमेकी केटा पक्षले हुल बाँधेर केटीको घरमा त्यही गर्न खोजेको रहेछ । गाउँलेहरुले प्रतिकार गरे केटाहरुको । त्यो प्रतिकार उनीहरूको अधिकार हो । त्यो प्रतिकार उनीहरूको व्यक्तिगत स्वतन्त्रता हो । आफ्नो गाउँ वा आफ्नो घरको आत्म निर्णयको अधिकार हो । यदि यो अधिकार खोसिएको छ भने, नयाँ नियम कानुन बनाएर त्यो व्यवस्था गर्नुपर्छ । घटनाले यो कुरा आवश्यक छ भन्ने देखाई सक्यो ।
तर केटी पक्षलाई उल्टो झुठो आरोप बनाएर सजाय तोकियो । जुन सरासर झुठो अभियोग हो । विभिन्न देशी विदेशी संस्थाहरुको समेत यसमा ठूलो चलखेल देखियो ताकि नेपाली समाज भित्र अराजकता सृजना गर्न सकियोस ।
अबारा केटाहरुको मृत्यु नै भएको हुँदा, प्रतिकार गर्ने गाउँलेहरुलाई एक दुई वर्षको सजाय तोक्नुसम्म ठिकै हो वा अपहरण गर्न आएका केटाहरुको परिवारलाई केही रकम क्षतिपूर्तिसम्म तोकेको भए ठिकै पनि हुन्थ्यो ।
अन्यथा यो सरासर अन्याय हो, अझ जन्म कैदको फैसला गर्नु । यो फैसलाको विरुद्द माथिल्लो अदालतमा जानु पर्छ र यसलाई एउटा बृहत छलफल गरी सात वा नौ जनाको न्यायाधीशको संयुक्त इजलासबाट फैसला गर्नु पर्छ।
कानूनमा कमजोरी छ भने, विवेक प्रयोग गर्नु पर्छ न्यायाधीशले । कानुनले विवेक देख्दैन, विवेकले कानुन देख्ने हो । विवेकले कानुन प्रयोग गर्ने हो । विवेकले कानुन बाध्ने हो । कानुनले विवेक बाध्ने होइन । तर यहाँ विवेकहीन कानुनको अमूक प्रयोग गरेर अर्को प्रकारको नयाँ अन्यायको सुरुवात गरिएको छ । स्थापित गर्न खोजिएको छ ।
यो फैसलाको नयाँ आशय यस्तो देखिन आउँछ- कसैका चेलीबेटी जबरजस्ती रूपमा विवाह, करणी वा अपहरणको लागि हुल बाधेर केटीको गाउँमा वा घरमा पस्न पाइन्छ । जो कसैका चेली बेटीहरु उठाउन पाइन्छ । केटी पक्षले प्रतिकार गर्न पाइँदैन । प्रतिकार गर्दा घटना घट्यो भने, केटी पक्षले नै उल्टो सजाय भोग्नु पर्छ ।
होस् गर्नुहोस् तपाईंका घरका चेली बेटि जबरजस्ती उठाउन जुन सुकै दिन, जो सुकै आउन सक्छ । चेलीबेटी भनेको जबरजस्ती उठाउन पाउने वस्तु भाउ हो । उठाउन दिनुस । लान दिनुस वा तपाईं आफैलाई चाहिएको छ भने, जानुस उठाउनुस, केटीको अभिभावकले प्रतिकार गरे भने, उल्टै केश हाल्नुस उनीहरूलाई ।
तपाईंले नै जित्नु हुन्छ । जित्न पाउनुपर्छ । अन्यथा तपाईंलाई अन्याय हुन्छ ! यदि अभिभावकको रूपमा प्रतिकार गर्नु भयो भने, जातीय, धार्मिक, र क्षेत्रीय विभेद गरेको समेत उल्टो आरोप लगाउँछ राज्यले स्वयम यहाँ तपाईंलाई !
यो संविधान, राष्ट्र, देश, जनता र समाजको उन्नति प्रगतिको निम्ति नै बाधक छ । यसले विग्रहको बीऊ रोपेको छ । त्यो क्रमश: झाँगिन खोज्दै छ । यही विग्रहकारी संविधानको रक्षा गर्न भनेर नै विदेशीहरूले सत्र खर्ब रुपैयाँ ऋण समेत दिएका छन् । ताकि राज्यका सम्पूर्ण तह र तप्कालाई अनेक किसिमबाट धस्वत गर्न सकियोस ।
(नोट: यदि तपाईंको नेपालकै घरमा छोरी नातिनीहरु वा भर्खरका बुहारी छैनन भने, मेरो पोस्टमा “म असहमत छु” भनेर अर्ती दिन नआउनु होला ।)
अस्तु ।




