दु:खी कै गाँस खोसेर, नारदहरु यि रमाउँछन्
देश कै नाम बेचेर, सामन्तहरु कमाउँछन् ।
छैनन कोही यहाँ साँचो,असत्य नै गनाउँछन्
आफ्नै दुनु सोज्याउन,सत्ता निजी बनाउँछन् ।
छैनन कुनै धारा यस्ता,संबिधानमै कतै पनि
आफै दरिद्र नेता छन् , उसका जनता धनि ।
जनताको चुलो निभ्यो,बिहान होस् वा भरे
लुटेर सत्ताले देश,पैसाले पानी ट्याङ्कि भरे ।
चुनाव किन चाहियो ,गरिबलाई नै पिडा दिन ?
जति आए सबै उस्तै, खप्पिस छन् व्यथा दिन ।




