“देश भनेपछि,
म भन्दा माथि हुनुपर्ने “।
तर
देश के हो ?
देश क कसको हो ?
देश किन आवश्यक हुन्छ ?
देश भनेको चारसीमाना भित्र मात्र हो ?
माटो ।
हिमाल – पहाड ।
तराई-पहाड ।
वन- जङ्गल ।
नदी-नाला ।
सागर-महासागरले घेरेको
एकटुक्रा जमीन हो ?
अथवा
देश भनेको निर्वाचनद्वारा बनेको
समस्यामा निर्विकार सरकार हो ?
सम्पूर्ण जन हरूको मुटु- कलेजो टेकेर
निर्माण गर्न सकिन्छ
अट्टालिका
महल
अथवा
सुनको संसार ?
देश भनेको होइनन् देशका मान्छेहरू
भोकाएका नागरिक
अलपत्र
बेरोजगार
गरिब
भोका
निमुखा
लाखौ जनता ।
देश भनेको देश नै हो
देश भनेको विदेश होइन
जहाँ जतिसुकै बेला प्रश्न गरिन्छ
तिमी को हौ? किन र कहाँबाट हौ ?
जहाँ घरीघरी प्रयोजन हुनसक्छ
हिँडडुल (विचरणको) गर्ने प्रमाणपत्र
पाइलै पाइलामा बाधा
ऐन- अदालत
कोर्ट-मारसल
मान- सम्मान
अथवा
मानवताको ।
म भन्दा माथि
देशको स्वाधीनतामाथिबाट
गुडाउन बुलडोजर
कैयौं युवाहरूको काँचो रगत चुसेर
कुँल्चेर
उनीहरूको सपना -विपना
अनि जनताको चिहानघारीका कङ्कालहरूबाट अघि बढ्नसक्छ
त देश
टाढा
धेरै टाढा …..
देश भनेको राजसत्ता ?
जसको निम्ति
जेसुकै गर्न सकिन्छ
जे पनि बिर्सन सकिन्छ
बिर्सिन सकिन्छ
मानवअधिकार
चिथोरेर नङ्गारेर
हिर्काएर
पड्काएर
हानेर
मारेर
क्षत-विक्षत पार्न सकिन्छ
मनहरू
संविधानलाई
आफै बनाउने ऐन
फेरि आफै भाँच्ने
देश भन्दा माथि
म कि ?
म भन्दा माथि देश ?




