“हातहरू दैलोमा आउँछन्
ओत खोज्दै ढकढकाउन
अबेर नगरी खोलिदिन
छहारी उसको बनिदिन
अबेर गरी आएको छु ।”
“तिमीले केही नमागिदिँदा
भनूँ, – तिमी सुट्ठीसाह्रै बुझकी भइदिँदा
मेरो मनमा बतास चल्छ
र, अनायासै हच्किन पर्छ
यो जीवनले !
तिम्रो मिठो बोलीले मात्र
अब छेक्तैन मेरो बाटो” l
लाग्छ टहटह
“आकाशको
सिङ्गो जुनलाई
उप्काएर मुटुमा राखूँ
र मेटाईदिउ
एक सर्को चुरोटको तलतल ।”
तर
हेर्दा हेर्दै
“ऊ
हिरणजस्तै
ज्यान जोगाउन भागी,
म सिंहजस्तै
भोक मेट्न दगुरे,
ज्यान जोगाउन नसकेरै
ऊ मरी,
मेटिएन भोक
म झन् भोकाए ।
“ओ…. लाज पचेका इच्छाहरू !
सोद्धैनौ किन हँ …
मोनालिसाका सपनाहरू ?
लियोनार्दो दा भिन्सी….।
आऊ फेरि
आएर आफ्नो मोनालिसालाई
संघर्ष गर्न सिकाऊ ।”
“आफुखुशी गर्दै हिँड्ने बेइमान मान्छेको
आज कसरी उठिबास लागेको छ जिन्दगी
ज्यानमारा खुल्ला घुम्दैछ
त्यसैले लाग्यो
अब बाहिर नजाऊ ।”
जसै,
“सत्ताको मायाले बिगारेको
सिङ्गै देश उचाल्न खोज्ने
अध्यकारमय भगवानहरू
र, उनका अन्धभक्तहरूका निम्ति
चिरञ्जीवी मसाल जलिरहेछ
जलिरहेछ ।”
तसै
“नहेप मलाई
आँखा उठाएर हेर
अग्लो पहाडसँग
मेरो उचाइ नाप
नाप प्रशान्त महासागरको
गहिराइसम्म
मेरो गहिराइ
जहाँ –
निर्धा बाछाहरूलाई
ब्वाँसोसँग लड्न सिकाइरहेछु
सिकाइरहेछु ।
लाग्छ
“काम नगर्नेहरू मोटाएपछि
र, काम गर्नेहरूचाहिँ
भोकाएपछिको
असजिलो स्थितिमा
युद्ध हुन्छ
यथार्थमा,
त्यही नै हो
जन युद्ध ।”
“थाप्लोमा डिग्रीको बोझ
निधारमा बेरोजगारको नोबेल
अनि आफु उभिएको भुइँको सङ्कट
जसलाई उप्काएर मैले
न मिल्काउन सकेँ
न सजाउन सकेँ
यसै र
मेरा रङ्गहरूको निलाम गर्नेहरूलाई
मेरो अस्तित्वमाथि प्रश्न तेर्साउनेहरूलाई
जलाइदिन्छु म
मभित्र दन्किरहेको स्वाभिमानको राँकोले ।”
“शताब्दीदेखि शताब्दीसम्म
बस प्रेम
केवल प्रेम
प्रेमभरि विश्वास
र विश्वासमा सिङ्गै जिन्दगानी ।”
“तिमी हान्न सक्छौ एउटा ढुङ्गा
मेरो मनको शान्त तलाउमा
गज्जबको हलचल बोकेर
विश्व ब्रह्माण्ड समेटेर म तरङ्गित हुन पाउँ ।”
“किन गर्छौ नशा,
किन लिन्छौ ड्रग्स ?
यति सुन्दर जिन्दगानी
किन फ्याँक्छौ व्यर्थ ?
तिम्रो लाशलाई काँध हाल्ने
क्षमता मसित छैन
तिम्रो चितालाई अग्नि दिने
साहस मसित छैन
मेरै रगतले सिँचेको तिमीलाई
असाध्यै माया गर्छु
मेरो जीवन !
आज पनि तिमीलाई
म उत्तिकै माया गर्छु ।”
“माया
शब्द मात्रले पनि
मनप्राण शीतल भइदिन्छ
संसारलाई भुल्दा पनि
याद तिम्रो आइदिन्छ
याद तिम्रो आउँछ माया ।”
“बिना इच्छा तिम्रो
हाँगाबाट फूत पनि झर्दैन रे !
यही सुन्दै आउँदैछु
आह्रिस लाग्छ मलाई,
मन्दिरमा सुरक्षित छौ तिमी
लावारिस म मर्दैछु ।”
“एउटा भ्रम न हो जीवन
कोहिको भागमा फूल
कोहिको भागमा काँडा
तिमी त्यसै बाँचेकिछौ
म यसै बाँचिदिन्छु
भो अब,
तिमी जाँदै गर,
म आइहाल्छु”।




