काठमाडौं । शरीरमा लामो समय sugar को मात्रा धेरै भो भने खुट्टा झमझमाउने हुन्छ, मुटुमा समस्या हुन्छ, heart attack हुने सम्भावना बढ्छ, मृगौला खराब हुँदै जान्छ, घाउ समयमा सन्चो हुँदैन, आँखामा समस्या सुरु हुन्छ, कब्जियतको समस्या बढ्छ, छाला फुस्रो हुन्छ, कान कम सुन्न थालिन्छ भन्ने सुन्नु भएको छ होला । तर, यी सबै हुन्छ कसरी ?
मैले यहाँ भन्दै गर्दा high blood sugar ले असर गर्ने दुई किसिमका रक्तनली: ठुलो खाले रक्तनली र निकै मसिना रक्तनली अर्थात् (capillary) र नसा अर्थात् दुखाई चिसो तातो आदिको संदेश प्रबाह गर्ने नसा वा स्नायु (nerve) बारेमा अलि बढी ध्यान दिनुहोला ।
रगतमा sugar थिग्रिने कारण
रक्तनलिहरुले शरीरभरका कोषहरुमा जस्तै मांशपेशीमा, छालामा, अन्य अंगहरुमा, दुखाई तातो चिसो थाहा पाउने नसा आदिमा नियमित रुपमा रक्तसंचार गरेका हुन्छन् । यदि शरीरको कुनै भागमा राम्रो रक्तसंचार भएन भने oxygen र पौष्टिक तत्वहरु नपाएर बिस्तारै ती भाग मर्दै जान्छन् ।
रक्तनलीहरु कुनै ठुला खाले हुन्छन; कलमको सुइरो भन्दा पनि ठुला बाक्ला हुन्छन भने कुनै निकै मसिना दुईवटा रौँ बराबरका मात्र हुन्छन् । सामान्यतय हामीले खाएको खानाबाट सोसिएको absorb गरिएको glucose रक्तनली हुँदै insulin को सहायताले शरीरको कोषहरू भित्र छिर्छ र glucose प्रयोगमा आउछ ।
तर Diabetes भएकाहरुमा पर्याप्त insulin उत्पादन नहुँदा वा गुणस्तरीय insulin नहुँदा शरीरको कोषहरू भित्र glucose छिर्न पाउंदैन र glucose रगतमै थिग्रिएर बस्छ । यहि अवस्थालाई रगतमा sugar बढेको भनिन्छ । Sugar धेरै भएर रगत बाक्लो र गरुङ्गो भएको अवस्थामा शरीरमा निम्न समस्याहरु देखा पर्छन् ।
मुटु र मस्तिष्कमा असर
रगतमा धेरै glucose हुँदा रगत बाक्लो र गरुङ्गो भैदिन्छ अनि रक्त कोषहरु एकअर्कामा टाँसिन खोज्छ । यसरी रगत बाक्लिदिन्दा मुटुलाई pump गर्न धेरै मेहनत लाग्छ । यहि कारण पनि diabetes हुनेको blood pressure बढ्छ ।
अर्को तर्फ, बाक्लिएको रगतले ठुला खाले रक्तनलिको भित्रि तहमा असर गर्न थाल्छ, हान्न थाल्छ, खोस्स्याउन थाल्छ । त्यसपछि त्यसभागलाई शरीरले आँफै repair गर्ने प्रक्रियामा cholesterol fats calcium आदि जम्मा भैदिन्छ र plague बन्न थाल्छ ।
उक्त plague चोइटिएर गयो भने रक्तनली बाझिन सक्छ अनि heart attack, पक्षघात आदि हुन सक्छ । यस्तो हुन नदिन blood sugar सकेसम्म normal level मा राख्ने बाहेक cholesterol, triglycerides को मात्रा पनि शरीरमा बढ्न दिनु हुँदैन ।
शरीरको घाउ
मसिना रक्तनलीहरु जुन दुईवटा रौँ बराबरका हुन्छन त्यसमा sugar धेरै भएर गरुङ्गो भएको बाक्लिएको रगतले झन् छिटो असर गर्न थाल्छ । ति निकै मसिना रक्तनलीको felxibility मुलायमपन कम हुने र बाक्लिएको रगत यस मसिना रक्तनलीमा राम्रोसंग बग्न नसक्ने हुँदा निरन्तर पर्याप्त oxygen र अन्य पौष्टिक तत्व संचार गर्न सक्दैन ।
यसको प्रत्यक्ष असर दुखाई, चिसो, तातो आदिको सन्देस प्रबाह गर्ने नसामा (nerve) पर्छ । यी नसाले (nerve) निरन्तर पर्याप्त Oxygen र पौष्टिक तत्व समयमा नपाउँदा यसले काम गर्न छोड्छ । जसको कारण पैताला मुनि भएको नसाहरुले चिसो तातो वा बिजाएको संदेश दिमागमा लान सक्दैन अनि खुट्टामा केहि बिजाउँदा वा घाउ हुँदा झट्टै थाहा हुँदैन ।
कुनै कारण घाउ भयो भने समयमा पौष्टिक तत्व पुग्न नपाउँदा २ दिनमा सन्चो हुने घाउलाई एक हप्ताभन्दा धेरै लाग्न सक्छ । एकातिर Sugar मा bacteria हरु पनि छिट्टै हुर्कन्छन् । अर्को तिर शरीरभित्रको तरल पदार्थमा sugar मात्रा बढ्दा bacteria मार्ने immune कोषहरू कम सक्रिय हुन्छन्, समयमा bacteria भएको नजिक आउन सक्दैनन् र फेरी अर्को तर्फ दुखाइको महसुस गराउने नसामा समेत असर भएको हुँदा धेरैलाई घाउ भएको पनि पत्तै हुँदैन । अनि झन् झन् घाउ बढ्दै जान्छ ।
कसैको घाउ बढ्दै गएर हड्डी सम्मै पुग्छ र अन्तिममा खुट्टाको केहि भाग नै काटेर फाल्नु पर्ने हुन्छ । त्यसैले diabetes भएकाले सुत्नु अगाडी पैताला चेक गर्ने, दिनहु मनतातो पानीले खुट्टा धुने, घाउ भैहालेको भए सफा गरेर antibiotic मलम लगाई हाल्ने, राम्रो cushion भएको fitting जुत्ता लगाउने आदि गर्नु पर्छ ।
खुट्टा झमझमाउने समस्या
अघि भनेको दुखाई चिसो तातो आदिको सन्देस खुट्टाबाट दिमागमा बिधुतिय तरंग मार्फत प्रबाह गर्ने नसाहरु sugar धेरै हुँदै गएको कारण थप मर्दै गएपछि संदेश लाने र ल्याउने काम राम्रोसंग गर्न सक्दैन र सोहि अलपत्र परेको संदेशको बिधुतिय तरंगहरुले गर्दा झम्झमाउने, पोल्ने आदि महसुस हुन थाल्छ ।
यो समस्या प्राय खुट्टामा पैतालामा देखिन्छ र पछि पछि शरीरको अन्य भागमा पनि देखिन थाल्छ । यदि खुट्टा झमझमाउने समस्याले निकै दुख दिएको छ भने झमझमाउने हल्का कम गर्ने औषधि (प्राय) जिन्दगिभर नै खानु पर्ने हुन्छ ।
पेट र आन्द्रामा असर
अघि भनेको जस्तो खाले नसाहरु (nerve) शरीरका अन्य भागका पनि हुन्छन जुन स्वचालित रुपमा चल्छन् । ती नसाहरुले पनि high sugar को समयमा oxygen र पौष्टिक तत्व नपाएको हुँदा कम्जोर हुँदै, मर्दै जान्छन् । यस्ता नसाहरुले हामीले निल्ने नली र पेट अनि आन्द्रामा भएका खाएका कुराहरु अगाडी तल धकेल्ने काम गर्ने गरेका हुन्छन् ।
जब यी नसाहरुले काम गर्न छोड्छन् तब खाएको कुरा उपयुक्त समयमा सहि तबरले सरसर्ती अगाडी नसरेर कहिले कब्जियत हुने, वाक्वाक्ति हुने, पेटमा gas जम्मा भएर पेट दुखाउने, अपच भएको जस्तो अमन भएको जस्तो आदि समस्या सुरु हुन सक्छ । यस्तो अवस्थामा, जुन लक्षण हुन्छ सोहि अनुसारको औषधि (प्राय) जिन्दगिभर नै खानु पर्ने हुन्छ ।
आँखामा असर
यसैगरी diabetes भएकाको आँखाको अति मसिना रक्तनलीमा (cappillary) पनि असर भएर समयमा राम्रोसंग oxygen र अन्य पौष्टिक तत्व नपाउनाले कोषहरु मर्ने हुन्छ । जसको कारण शरीरले हतार हतार अन्य थप कम्जोर खाले अति मसिना रक्तनली बनाउन खोज्छ ।
यहि कम्जोर रक्तनली बनेकै कारण high sugar को बाक्लो र गरुङ्गो रगतको बहाब खेप्न नसकेर रक्तनली फुट्ने प्रक्रिया सुरु हुन्छ । यसरी मसिना रक्तनली फुट्न सुरु भएपछि आँखाको भित्री भागमा असर गर्दै जान्छ र आँखाको ज्योतिमा समस्या दिन्छ । यस्तो अवस्था आउन नदिन blood sugar normal राख्ने बाहेक बार्षिक रुपमा आँखा चेक जांच गराउनु पर्छ ।
मृगौलामा असर
High sugar को कारण मृगौलाकोमा रगत छान्ने glomerulus को निकै मसिना रक्तनली (cappilary) पनि खराब हुँदै जान्छ अनि मृगौलाले रगत राम्रोसंग छान्न सक्दैन । त्यसपछि Protein लगाएत राम्रा तत्वहरु पिसाब भएर बाहिर निस्कन्छ र शरीरबाट बाहिर निस्कनु पर्ने तत्वहरु फर्किएर रगतमा आएर थुप्रिदिन्छ र शरीरमा असर सुरु हुन थाल्छ । यस्तो अवस्था आउन नदिन blood sugar normal राख्ने बाहेक बार्षिक रुपमा पिसाब र रगत चेक जांच गराउनु पर्छ ।
छालामा असर
हाम्रो बाहिरी छालामा रौँको जराबाट नियमित चिल्लो पदार्थ पठाउन संकेत गर्ने नसामा पनि High blood sugar ले असर गरेको हुनाले छाला फुस्रो हुँदै जान्छ । यस्तो हुन नदिन हात खुट्टामा बिहान बेलुकी र नुहाउने बित्तिकै नियमित lotion वा तेल लगाउनु पर्छ ।
कानमा असर
कानको आवाज दिमागमा पुर्याउने नसामा समस्या हुने र कानको भित्रि भागमा रक्त संचार पनि भनेको जस्तो नहुने हुँदा लामो समय diabetes हुनेलाई कान नसुन्ने समस्या पनि बढ्ने सम्भावना रहन्छ । यस्तो अवस्था आउन नदिन blood sugar normal राख्ने बाहेक बार्षिक रुपमा कान चेक जांच गराउनु पर्छ ।
लामो समयको diabetes को कारण मस्तिष्कका कोषहरुमा पनि राम्रो रक्तसंचार नहुने हुँदा बिर्संदै जाने समस्या Alzheimer’s Dementia जस्तो समस्या हुन सक्ने पनि मानिएको छ ।






